🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विरोधीलाई तह लगाउन माओवादी केन्द्रले भाजपाकाे नक्कल गर्दै नयाँ संगठन जन्मायाे

काठमाडौं । कम्युनिष्टहरु त्यसै पनि चीन, रुस तथा अन्य समाजवादी मुलुकसँग नजिक रहेको आरोप लागिरहन्छ । ती देशका पार्टी संरचना अनुसार चल्छन् भन्ने पनि गरिन्छ । यद्यपि, नेपालका कम्युनिष्टको व्यवहार भने ठीक उल्टो हुने गरेको छ ।

कम्युनिष्ट पार्टी हुने तर राजनीतिक र आर्थिक लाइन चाहिँ पुँजीवादी हुने त प्रष्टै थियो । अब चाहिँ सांगठिनक लाइन पनि उनीहरुकै लिन थालेका छन् । नपत्याए माओवादी केन्द्रलाई हेरे पुग्छ ।

  माओवादीले भारतीय जनता पार्टी (भाजपा)को सिको गरेर पार्टी संगठन निर्माण गर्न थालेको  छ । २०८० साउन १७ गते बसेको केन्द्रीय कमिटी बैठकबाट नै यो निर्णय लिइएको हो ।

भाजपाको सिको गरेर माओवादीले आईटीसीटी फोरम गठन गरेको छ । यो माओवादी केन्द्रको कान्छो भातृ संगठनको रुपमा रहेको यो फोरम ठ्याक्कै भाजपाको जस्तै हो ।

  सूचना तथा प्रविधिलाई प्रयोग गरेर पार्टीको प्रचारदेखि प्रतिरक्षासम्म गर्ने रणनीति हो । सामाजिक सञ्जाललाई पनि त्यसरी नै प्रयोग गर्ने नीति पनि हो ।

आईटीसीटी फोरम केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव गरिएको थियो । प्रचण्डले त्यो प्रस्ताव गरेको भएपनि घोषणा भएको थिएन । २०८० भदौको अघिल्लो हप्ता भने फोरम घोषणा भएको छ ।

   हरेक प्रदेश र आईटी विज्ञलाई समेत समेटेर ४२ सदस्यीय फोरम बनाइएको छ । त्यसले पूर्णता भने पाइसकेकाे छैन । माओवादीको पत्रकार संगठन प्रेस सेन्टरबाट पनि उक्त कमिटीमा ३ जना लगिएको छ ।

त्यसको इञ्चार्ज अग्नि सापकोटा र सहइञ्चार्ज रेखा शर्मा अनि अध्यक्षमा गोविन्द आचार्यलाई बनाइएको छ । यो फोरम पार्टीको वडा कमिटीसम्म गठन हुनेछ, भाजपाको जस्तै ।

 उपाध्यक्ष पम्फा भुसाल साउनमा पहिलो साता भारत भ्रमणमा गएर आएपछि भाजपाको नक्कल गरेका हुन् । भाजपाको निम्तामा भुसालको नेतृत्वमा गएको टोलीले भाजपाबाट यही सिकेर आएका थिए ।

उनीहरुले सिके अनुसार संगठन बनाएका हुन । अब माओवादीले उक्त फोरममार्फत पार्टी र सरकारका कामहरुको प्रचारप्रसार र विरोधीलाई तह लगाउनेमात्र होइन, मिडियाको कन्टेन्टको अध्ययन गरेर त्यसको प्रतिवाद गर्नेसम्मको रणनीति फोरमले गर्नेछ ।