🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओलीले भने, ‘दुई दिनसम्म बरमझियामा पेडा बनाएँको छु’

काठमाडौं, १५ भदौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरमझियामा पेडा बनाएर बेचेको दिनको स्मरण गरेका छन् । 

सिरहामा हालै सम्पन्न नेकपा एमालेको सचिवालय बैठकमा सहभागी भएर बिराटनगर फर्कने क्रममा अध्यक्ष ओलीले सो पुराना दिनको स्मरण गरेका हुन ।  

\"\"

‘रातिको करिब ९/१०बजेको  थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो,’ अध्यक्ष ओलीले पुराना दिन सम्झदैँ फेसबुकमा लेखेका छन, ‘यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ । अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको  सम्झना गरियो ।’

एमालेले चौथौं महाधिवेसन (२०४६ भदौं ९–१४) स्थल सिरहामा हालै केन्द्रीय सचिवालयको बैठक सम्पन्न गरेको थियो । जननेता मदन भण्डारीलाई महासचिव चयन गर्ने तथा जनताको बहुदलीय जनवाद (जबज)तर्फ पार्टीलाई लैजाने निर्णय गरेको सो महाधिवेसनले संयुक्त बाम मोर्चा निमार्ण गरी नेपाली कांग्रेससँग मिलेर पञ्चायत बिरुद्ध जनआन्दोलन गर्ने नीति लिएको सो स्थानमा भएको सचिवालय बैठक सकेर ओली बिराटनगर जाने क्रममा बरमझियामा पसेका थिए ।