🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौ, १५ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसामा कायम भएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसामा तथा युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७२ पैसा र बिक्री दर १४४ रूपैयाँ ३८ पैसा कायम भएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ६६ पैसा र बिक्री दर १६८ रूपैयाँ ४२ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५३ रुपैयाँ र बिक्री दर ८५.९२ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँमा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० पैसाले भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर  १० रूपैयाँ २ पैसामा काराेबार हुनेछ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४२ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ र बिक्री दर ३६.४२ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ र बिक्री दर २८.६१ रुपैयाँमा काराेबार गर्न सकिने जनाएकाे छ । 

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२८.७६  पैसा  विक्रीदर ४३०.७ पैसामा खरिद बिक्री हुनेछ ।