🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेयर बजार ९.९१ अंकले बढ्यो

काठमाडौ । साउन लागेसँगै सेयर बजारको गति क्रमशः सकारात्मक बनेको छ । मंगलबार नेप्से सूचकमा ९.९१ अंकको वृद्धि भएर २१५४.०७ विन्दुमा आइपुगेको छ ।  यता, कारोबार रकममा भने उत्साह देखिएको छ । यस दिन ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

 बजार बढ्दै जाँदा नयाँ लगानीकर्ता पनि आउने गर्छन् । पुराना पनि थप सक्रिय हुन थाल्छन् । यसले समग्र बजारलाई माथितिर लैजान सहयोग गर्नेछ । 

यस दिन २५५ कम्पनीको ८६ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७७ लाख रुपैयाँसहित कारोबार रकममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र हिमालयन लाइफ इन्स्योरन्से परेका छन् । 

विशेषगरी बैंकिङ समूह सकारात्मक बन्दा मंगलबार नेप्से सूचक वृद्धि हुन सहयोग पुगेको देखिन्छ ।