🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भगुवा डाक्टरलाई १ सय ५० प्रतिशत भत्ता ! 

काठमाडौं । वीर अस्पतालमा स्थायी÷अस्थायी गरेर २ सय जना चिकित्सक कार्यरत छन् । यी चिकित्सकहरूले ८ घण्टा सेवा गर्नुपर्ने व्यवस्था वीर अस्पतालको नियममा छ । तर, वीरका अधिकांश चिकित्सकले हाजिर गर्छन् तर ड्युटी भने पूरा नगर्ने गरेको गुनासो पीडितहरूले गर्ने गरेका छन् ।

बिहान ९ बजेदेखि ५ बजेसम्म बस्नुपर्ने ड्युटी भएका अधिकांश कन्सल्ट्यान्ट चिकित्सकहरू हाजिर गरेर टाप कस्ने गरेका छन् । वीरको यो वर्षौंदेखिको रोग विद्युत्तीय हाजिरी भित्रिंदा पनि निको हुन नसकेको एक कर्मचारीले बताए । कतिपय चिकित्सक बिहान हाजिर गरेर बेलुका मात्रै अस्पतालमा हाजिर गर्न झुल्किने भ्रष्ट कार्य गर्ने गरेका छन् भने केही भ्रष्ट भने साँझसमेत फर्किंदैनन् । 

स्रोतका अनुसार, अस्पतालमा हाजिर गरेर अधिकांश चिकित्सकहरूले निजीमा काम गर्ने गरेका छन् । हाजिर गरेर हिंड्दा समेत कसैको निशानामा नपर्ने र निजीमा कुस्ता आम्दानी हुने भएकाले वीरका चिकित्सकहरू त्यसतर्फ आकर्षित भएका हुन् । 

भाग्ने चिकित्सकलाई १ सय ५० प्रतिशत भत्ता
वीर अस्पतालले चिकित्सकहरूलाई १ सय ५० प्रतिशतसम्म भत्ताको व्यवस्था गरेको छ । कर्मचारीलाई भने ५० प्रतिशत छ । चिकित्सकहरूलाई सेवाप्रति केन्द्रित गराउन भत्ताको व्यवस्था गरे पनि चिकित्सकहरू अस्पतालमा सेवा गर्दैनन् । 

स्रोतका अनुसार यति ठूलो रकम भत्ता बुझेर पनि उनीहरू आफ्नो ड्युटी समयमा अस्पताल बाहिर जाने गरेका छन् । 

एमडी÷एमएसको भर 

अधिकांश कन्सल्ट्यान्ट चिकित्सक ड्युटी पूरा नगरी भाग्ने गरेपछि एमडी÷एमएस÷डीएम÷एमसीएचलगायतका रेजिडेन्टको भरमा वीर अस्पताल सञ्चालन भइरहेको छ । अस्पतालका एक कर्मचारीले चिकित्सकहरूको भाग्ने प्रवृत्तिले सेवाप्रवाहमा असर गरेको बताए । ती कर्मचारीका अनुसार सेवाग्राहीले समयमा उचित सेवा पाउन सकिरहेका छैनन् । 

हुँदैन कारबाही
डाक्टरहरू हाजिर गरेर भाग्ने रोग वीरको पुरानै हो । वर्षौंदेखिको यो समस्या समाधानका लागि वीरमा क्रियाशील विभिन्न संग–संगठनहरूले समय–समयमा ध्यानाकर्षण समेत गराउँदै आएका छन् । तर अहिलेसम्म यसको सुनुवाइ भएको छैन । 

वीरमा सक्रिय एक कर्मचारी संगठनका एक सदस्यले हाजिर गरेर भाग्ने चिकित्सकहरूको प्रवृत्ति अब सामान्यजस्तै बन्दै गएको बताए । 

रद्दीको टोकरीमा समितिको सुझाव 

वीरमा देखिएको यो रोग निर्मूलका लागि बेलाबेला अस्पताल प्रशासनले तदारुकता देखाएजस्तो गर्ने गरेको छ । करीब डेढ वर्षअघि हाजिरमा देखिएको समस्या समाधान गर्न एक समिति समेत गठन भएको थियो । 

७ सदस्यीय समितिले ३ महिनाको कर्मचारीको अध्ययनपछि एक प्रतिवेदन नै दिएको थियो । प्रतिवेदनमा हाजिरीलाई कडाइ गर्ने उल्लेख थियो । तर समितिले बुझाएको प्रतिवेदनमाथिको कारबाही के हुँदैछ ? अस्पताल प्रशासनलाई समेत थाहा छैन । गरिबहरूले उपचार गर्ने देशकै ठूलो वीर अस्पतालमा देखिएको बेथिती हल गर्नेतर्फ तालुकदार स्वास्थ्य मन्त्रालयले समेत पहल गर्ने गरेको देखिंदैन ।

औपचारिक कार्यक्रमहरूमा समस्याबारे चर्चा गर्ने तर त्यसपछि चासो नदिने परम्परा छ । तालुकदार स्व्ाँस्थ्य मन्त्रालयले वीरमा देखिएका पछिल्ला बेथिती हटाएर गरिब जनताले गुणस्तरीय स्वास्थ्योपचार पाउने सुनिश्चितता गर्न प्रधामन्त्री र मन्त्री, सचिवहरूले चासो दिनुपर्ने माग पीडितहरूले गरेका छन् । 

मेसिन र बिग्रेका औजार असरल्ल 

वीर अस्पतालका पुरानो सिटी स्क्यान मेसिनका साथै अपरेशनका र अन्य विविध औजार बिग्रेर थन्केको वर्षौं भइसक्यो । यस्ता औजार बिग्रिएर थक्किंदा अस्पतालका हरेक तला कबाडी परिणत भएका छन् । तर, वीर अस्पतालले त्यस्ता औजारहरू लामो समयदेखि न त मर्मत न त लिलामी केही पहल गरेको छैन । 

वीरका औजार विग्रिंदा निजी अस्पतालमा विरामी कुदाउन पाइने भएकाले पनि अति आवश्यक औजार समेत मर्मत संभार गरिदैन भन्ने गुनासो पीडितहरूको रहेको छ ।  (२०७५ साउन २८ गतेको साँघु साप्ताहिकबाट)