🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘चारकुने रुमाल’ सार्वजनिक

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ रियालिटी शोबाट चर्चामा आउनुभएकी गायिका सुरक्षा सेञ्चुरी र गायक तथा सङ्गीतकार अल्मोडा राना उप्रेतीको स्वर रहेको ‘चारकुने रुमाल’ गीत सार्वजनिक भएको छ ।

 
 प्रदीप पोख्रेलको शब्द रहेको उक्त गीतलाई अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएका सङ्गीतकार टीका दाहालले सङ्गीतवद्ध गर्नुभएको हो । गीतमा स्वयम् गायक उप्रेतीको सङ्गीत संयोजन छ । रोजगारीका लागि विदेश जानुपर्ने अवस्थालाई दर्शाउँदै ‘मायाको चिनो च्यातिने डर, चारकुने रुमाल चट्टै’, ‘मिठो मिठो माया देख्छु, त्यो मनमा’, ‘दोबाटोमा कुरी बसेँ है, चारकुने रुमाल साटुँ भनी’, ‘म त तिमिलाई कुरी बसेँ है’, ‘ये ल है दोबाटोमा कति कुरी बसेँ’लगायत गीत यसमा समावेश गरिएका छन् । 

 
    श्रव्यदृश्यमा अभिनेत्री प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको अभिनय रहेको छ । बल्लभ उप्रेतीकोे निर्देशनमा श्रव्यदृश्य तयार पारिएको हो ।