विश्वमा धेरै द्वीपहरू छन् जसको सञ्चालन विभिन्न मुलुकहरूले गर्दै आइरहेका छन् । यस्तै एउटा द्वीप भने फ्रान्स र स्पेनको बीचमा रहेको छ । यस द्वीपले हरेक ६ महिनामा आफ्नो मुलुक परिवर्तन गर्दछ । अर्थात् ६ महिना यो द्वीप फ्रान्सको हुने गर्दछ भने ६ महिना स्पेनको हुने गर्दछ । यस आइल्याण्डको नाम हो फिजेन्ट । अझ विचित्रको कुरा के छ भने यस आइल्याण्डलाई लिएर फ्रान्स र स्पेनबीच कुनै विवाद भएको छैन । यसको प्रयोग दुई मुलुकले आलापालो गर्ने गर्दछन् ।
यो परम्परा ३५० वर्ष पहिलेदेखि नै रहँदै आएको बताइन्छ । यो आइल्याण्ड फेबु्रअरीबाट जुलाई ३१ सम्म स्पेनसँग हुने गर्दछ भने अगस्ट देखि जनवरी ३१ सम्म फ्रान्ससँग हुने गर्दछ । अहिलेसम्म यो द्वीप शान्त रहेको छ । तर, कुनै समय थियो जतिखेर फ्रान्स र स्पेनका बिच यसलाई लिएर लडाई हुने गर्दथ्यो । अन्ततः सन् १६५० मा दुई मुलुक बिच यस द्वीपलाई लिएर सन्धि भएको थियो । यो द्वीप निकै सानो छ । यो द्वीप २०० मिटर लम्बाई र ४० मिटर चौडाईमा फैलिएको छ ।



