🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्यालय शिक्षा ऐनका केही व्यवस्थाविरुद्व नेपाल शिक्षक महासंघद्धारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।  बिहीबार महासंघले पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐन २०८०’ ले प्रबन्ध गरेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वाभिमानको विरुद्धमा रहेका भन्दै पहिलो र दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।  महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले पहिलो चरणको आन्दोलन साउन २८ गतेबाट सुरु गर्ने बताए । उनले माग सम्बोधन नभए दास्रो चरणको आन्दोलन पनि सुरु गर्ने जानकारी दिए । 

उनले भने,‘नेपाल शिक्षक महासङ्घले ट्रेड युनियन अधिकार, उन्नत विद्यालय शिक्षा र शिक्षक-कर्मचारी मैत्री सङ्घीय शिक्षा ऐन अविलम्व संसदमा दर्ता गर्न समेत माग गर्दै २०८० साउन २८ गतेबाट आन्दोलन शुरु गर्ने निणर्य गरेको छ ।’ उक्त मस्यौदाले शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वीच भएका सहमतिलाई समग्रमा समेट्न नसकेको महासंघको गुनासो छ । 

महासंघको पहिलो चरणको कार्यक्रमहरु ः 
१. पालिका कार्यालयमा धर्ना ः वि.सं. २०८० साउन २८ गते आइतबार देशका हरेकमा पालिका कार्यालयमा सम्बन्धित पालिकाका शिक्षक-कर्मचारी उपस्थित भई ३ घण्टा (११ः०० बजे देखि २ः०० बजेसम्म) धर्ना दिने । धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतीका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारीपत्र पालिका समक्ष पेशगर्ने ।कार्यक्रमको संयोजन महासङ्घ र आबद्ध/सम्बद्ध संस्थाका पालिका समितिले गर्ने ।

२.जिल्ला समन्वय एकाइमा धर्ना ः वि.सं. २०८० साउन ३० गते मंगलबार देशका हरेक जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा सम्बन्धित जिल्लाका शिक्षक-कर्मचारी उपस्थित भई ३ घण्टा (११ः०० बजे देखि २.००बजेसम्म) धर्ना दिने । धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छाँयाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र पेश गर्ने । कार्यक्रमको संयोजन महासङ्घको जिल्ला समिति तथा यसका आबद्ध / सम्बद्ध संस्थाका जिल्ला समितिले गर्ने ।

३. प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्नाः वि.सं. २०८० साउन ३२ गते मंगलबार सबै प्रदेशका महासङ्घ तथा यसका आबद्ध / सम्बद्ध संस्थाका प्रदेश समिति तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु जम्मा भई प्रदेशको सामाजिक विकास मन्त्रालयमा ३ घण्टा (११ः०० बजे देखि २ः०० बजेसम्म) धर्ना दिने । धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र पेश गर्ने । कार्यक्रमको संयोजन महासङ्घको प्रदेश समिति तथा आबद्ध / सम्बद्ध संस्थाका प्रदेश समितिले गर्ने ।

४.संसद सदस्यलाई जानकारी तथा पक्षीकरणः वि.सं. २०८० भदौ १ गते शुक्रबार सबै प्रदेश तथा सङ्घीय साँसद समक्ष सम्बन्धित जिल्लाका महासङ्घ तथा आबद्ध / सम्बद्ध संस्थाका नेतृत्वले ३० बुँदे र ५१ बुँदे सहमतिका छाँयाप्रति बुझाउँदै सङ्घीय शिक्षा ऐन निर्माणमा विद्यालय शिक्षा र शिक्षक-कर्मचारीका मागमुद्दाको पक्षीकरणमा सहयोग गर्न आग्रह गर्ने ।

५. केन्द्रमा पक्षीकरणः यो अवधिमा महासङ्घ राष्ट्रिय समिति तथा आबद्ध/सम्बद्ध संस्थाको मुख्य नेतृत्वले नेपाल सरकार, राजनीतिक दलका मुख्य नेता, संसदीय दलका प्रमुख सचेतक, संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिका साँसदहरुसँग अन्तरक्रिया, भेटघाट, छलफल तथा पक्षीकरण गर्ने ।

दोस्रो चरण ः
१.काठमाडौंमा वृहत् प्रदर्शनः नयाँ सङ्घीय शिक्षा संसदमा दर्ता भएको पाँचौं दिनबाट देशभरिका शिक्षक- कर्मचारी उपस्थित भई काठमाडौंमा लगातार बृहत् विरोध प्रदर्शन गर्ने ।