🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सत्ता पक्षका सांसदहरुले संसदमा दादागिरी देखाएको एमाले सचेतक बर्तौलाको आरोप 

काठमाडौं । नेकपा एमालेका सचेतकले महेश बर्तौला सत्ता पक्षका सांसदहरुले संसदमा दादागिरी देखाएको आरोप लगाएका छन् ।  बुधबार प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले सत्तापक्षले संसदमा द्वन्द्व गराउन चाहेको दावी पनि गरे ।  
उनले भने ‘ प्रतिपक्षले सभामुखको अनुमति लिएर बोल्न खोज्दा समेत सत्तापक्षका माननीयहरु उठेर विरोध गर्नु भयो ।

सत्तापक्षको यसप्रकारको दादागारी आज संसदमा देखा पर्‍र्यो । यसले के देखाउँछ भने सरकार सदन चलाउन चाँहदैन् । सत्तापक्ष संसदमा द्वन्द्व गराउन चाहन्छ । ’  आफुहरुले कुरा गर्न राख्न खोज्दा द्धन्द्धको सिर्जना गरेको सचेतक बर्तौलाको आरोप छ । यो् संसदीय मूल्य मान्यता भन्दा बाहिर भएको उनको भनाइ छ । सबै करणी आफुले गरेर दाउपेचका साथ सत्ता पक्ष र सरकार लागेको कारणले सदन नचलेको दावी पनि बर्तौलाको छ ।