🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय प्रधानमन्त्री मोदी सिक्किमको गान्तोकमा

एजेन्सी । भारत पश्चिम बंगालको सिक्किम राज्य स्थापनाको ५०औँ स्वर्ण जयन्ती समापन समारोहमा सहभागी बन्न प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोक पुगेका छन् ।

दुई दिने भ्रमणमा आइपुगेका उनले देउरालीदेखि लोकभवनसम्मको ऐतिहासिक रोड शोमा लाखौँ सिक्किमवासीलाई हात हल्लाएर सम्बोधन गरेका छन् ।
मिति २०८३ वैशाख १५ गते मंगलबार उनी गान्तोकस्थित अर्किडेरियमको भ्रमण गरेका छन् । जहाँ उनले राज्यको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गरे ।

भ्रमणको क्रममा प्रधानमन्त्रीसँगै सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङ पनि उपस्थित थिए । पहिलो दिन सोमबार मोदीले पद्म पुरस्कार विजेताहरू र विभिन्न क्षेत्रहरूमा प्रतिष्ठित व्यक्तिहरूसँग भेट गरेका थिए ।

मिति २०८३ वैशाख १५ गते मंगलबार मोदीले पाल्जोर रंगशालामा सिक्किमको ५० औं राज्य स्थापना दिवसको समापन समारोहमा सहभागि जनाइरहेका छन् । कार्यक्रमको क्रममा, उनले ४,००० करोड रुपैयाँभन्दा बढी मूल्यका धेरै विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम छ ।

नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरसँग सिमाना जोडिएको सिक्किममा बहुसंख्यक नेपाली समूदायको बसोबास छ । मोदी गान्तोक भ्रमणमा रहँदा लाप्चा पोशाकमा सजिएको देख्न सकिन्छ ।

(एएनआइ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *