🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं, १५ वैशाख ।   नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा बस्ने उदयपुर घर भएका ३८ वर्षीय मिलन कुमार तामाङ, काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने २६ वर्षीय योग बहादुर तामाङ, ३६ वर्षीय भविन्द्र कुमार तामाङ, चितवन रत्ननगर गाउँपालिका-५ बस्ने ३४ वर्षीय प्रबिन महतो, रौतहट गुजरा नगरपालिका-१ बस्ने २८ वर्षीया मुना धामी र चितवन कालिका नगरपालिका-५ बस्ने ३८ वर्षीय सत्य नारायण चौधरी रहेका छन् ।

काठमाडौंको विभिन्न स्थानमा वडा एरियामा केही व्यक्तिहरुले सक्कली जस्तै देखिने नक्कली मुद्रा सजिलै साट्न/प्रयोग गर्न सकिने भनी विश्वासमा पारी सक्कली मुद्रा भन्दा दुई गुणा बढी मुद्रामा सटही गरिदिने भनि पीडितलाई झुक्यानमा पारी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई कीर्तिपुर नगरपालिका-६ पाण्डेछापबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *