🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सकियो ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’

काठमाडौँ,  (रासस) : ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ २०८० असार २६ गते सम्पन्न भएको छ । २०८० असार २३ गते शनिबारदेखि जमलस्थित नाचघरमा सुरू भएको महोत्सवमा चलचित्रको विधातर्फ ‘प्रकाश’ (नेपाल) र ‘द ट्रेन अफ साल्ट एण्ड सुगर’ (अफ्रिका) उत्कृष्ट घोषित भए । अफ्रिकी प्रतिस्पर्धातर्फ छोटो चलचित्र ‘या’ बाट इसी ह्यामोहले निर्णायक अवार्ड, वृत्तचित्र विधामा जिम्बाब्वेको ‘कलिङ द डेड’ उत्कृष्ट घोषित भए ।

    नेपाली प्रतिस्पर्धातर्फ विकास सुवेदी पटकथा लेखक (प्रकाश), सङ्गीतकार एलिश कार्कीले (मान्छे मान्छे-प्रकाश), अभिनेता तेज गिरी (प्रेमगञ्ज), अभिनेत्री नीता ढुङ्गाना (भाग्य), निर्देशक रोशनकुमार श्रेष्ठ (भाग्य) ले अवार्ड जित्नुभयो ।

    महोत्सवमा १० अफ्रिकी र नेपालका १२ सहित कूल २२ चलचित्र सहभागी थिए । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजना रहेको कार्यक्रमले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्न टेवा पु¥याएकोे महोत्सवका अध्यक्ष मञ्जु मिश्रले बताउनुभयो ।

    महोत्सवमा एक दिवसीय अभिनय कार्यशालाका साथै ‘नेपाली लघु चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार’ शीर्षकमा छलफलसमेत भएको महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी दिनुभयो ।
–––