🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण, के हो मामिला जान्नुहोस् !

मुम्बई, १५ साउन । पञ्जाब र हरियाणा उच्च अदालतले चर्चित बलिउड अभिनेता राजकुमार रावविरुद्ध दर्ता भएको एफआईआर रद्द गर्न माग गर्ने याचिकामा सुनुवाइ गरेको छ । 

जालन्धरका प्रहरी आयुक्तको शपथ पत्रमार्फत प्रहरीसँग अनुसन्धानको स्टेटस रिपोर्ट मागिएको थियो । अहिले उनले अदालतमा आत्मसमर्पण गरेपछि जमानतमा रिहा भएका छन् । राजकुमार रावको यो मामला एक विवादास्पद पोस्टरसँग सम्बन्धित छ, जसमा राजकुमार रावलाई भगवान शिवको रूपमा मोटरसाइकलमा बसेको देखाइएको थियो ।

उच्च अदालतले यस मामिलामा पञ्जाब प्रहरीसँग अनुसन्धान रिपोर्ट मागेको छ । अब यस विषयमा अर्को सुनुवाइ अगस्ट ८ मा हुने भएको छ ।

खासमा राजकुमार रावको २०१७ को फिल्म ‘बेहेन होगी तेरी’ ले उनलाई कानुनी समस्यामा पारेको थियो किनभने एउटा दृश्यले मानिसहरूको धार्मिक भावनामा चोट पुर्‍याएको बुझाई थियो । यो विषय उनको २०१७ मा आएको फिल्म ‘बेहेन होगी तेरी’सँग सम्बन्धित छ । 

अभिनेतामाथि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेपनि अब उनले सशर्त जमानत पाएका छन् । मुद्दा स्थगित भएको छ ।

यो सम्पूर्ण विवाद पोस्टर र एक दृश्यको वरिपरि घुमेको छ, जसमा भगवान शिवलाई चप्पल लगाएर बाइकमा यात्रा गरिरहेको देखाइएको छ । जसलाई केही दर्शकले आपत्तिजनक जनाएका थिए । अभिनेता र फिल्म निर्माताहरू विरुद्ध शिवसेना नेता इशान्त शर्माले पञ्जाबको जालन्धरको पुलिस डिभिजन नम्बर ५ मा उजुरी दर्ता गराएका थिए र यो चित्रण अपमानजनक भएको दाबी गरेका थिए ।