🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आजदेखि पुनः प्रदर्शनमा चलचित्र ‘बुलाकी’

 

काठमाडौँ, ३२ साउन : विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’को आजदेखि पुनः प्रदर्शन गरिएको छ ।

तत्कालीन समयमा चलचित्र भवनले शो बाँडफाँटमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोक्नुभएको थियो । पुनः प्रदर्शनमा केही दृश्य सम्पादनसहित गीत थपेर दर्शकसम्म ल्याइएको निर्माता विष्टले जानकारी दिनुभयो । “चलचित्र प्रदर्शनमा कठिनाइ भएको कारण पुनः प्रदर्शन गरेका हौँ । चलचित्रमा कर्णालीको सौन्दर्यसँगै एउटा समयलाई चित्रण गरिएको छ”, उहाँले भन्नुभयो ।

चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गर्नुभएको छ । कोरोना महामारीका कारण भएको बन्दाबन्दीपश्चात् ‘कठपुतली’, ‘चपली हाइट–३’, ‘बिहे पास’,‘आचार्य’लगायत चलचित्र पुनः प्रदर्शन भइसकेका छन् । —