🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सातौँ प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिस विजयी

काठमाडौँ, २६ असार (रासस) : विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा लगातार तेस्रो जित दर्ता गराएको छ । 

    
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा पुलिसले दावाली मिलन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो । पुलिसले पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सैलुङ बागढुङ्गा क्लबलाई हराएको थियो । 

    
खेलमा पुलिसले दावाली मिलन क्लबमाथि खेलको पहिलो सेट २५–२१, दोस्रो सेट २५–१९ तथा खेलको तेस्रो तथा अन्तिम सेट २५–१७ ले पराजित गर्यो । यस जितसँग पुलिसले ३ खेलमा ८ अङ्क जोडेको छ । यस हारसँगै लगातार चार खेलमा पराजित भएको दावाली मिलन क्लब प्रतियोगिताबाट औपचारिकरुपमा बाहिरिएको छ । 
–––