काठमाडौं, २६ असार। सोलुखुम्बुमा भएको मनाङ् एयरको हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ । दुई वटा हेलिकप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो ।
मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका-५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना म्याक्सिन नागरिकको मृत्यु भएको थियो ।
सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौंका लागि उडेको कलसाइन 'एनए-एमभी कलसाइन' भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो ।



