🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुई ट्रक एक आपसमा ठोक्किदा तीनजनाको मृत्यु, ट्रक जलेर ध्वस्त

हेटौडा, २३ असार । मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । 

मनहरीमा ना ६ ख ६६६७  र ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठोक्किदा तीनजनाको मृत्यु भएको हो । सो ट्रक एक आपसमा ठोक्किदा ट्रक भने जलेर ध्वस्त भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो दुर्घटनामा परी चितवन राप्ति नगरपालिका– ८ का रिहान रुम्बा, सोही गोरखा गण्डकी गाउँपालिका– २ गोर्दीटारका सुमन चेपाङ र मनहरी गाउँपालिका ३ का अमृत प्रजाको मृत्यु भएको छ । अन्य दुई जना गम्भिर घाइते भएका छन् । उनीहरूकाे उपचार भइरहेकाे छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका– ६ नयाँ बस्तीमा ती दुईवटा ट्रक एक आपासमा ठोक्किए लगत्तै आगलागी सुरु भएको प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार एउटा नारायणगढतर्फ र अर्को हेटौडातर्फ गईरहेको बेला मध्यरातमा ती दुई ट्रक एक आपसमा ठोक्किन पुगेका हुन् ।