🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आर्यन खानले भने- मलाई फसाइयो 

काठमाडौं। बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन् । उनीसहित आठजनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरिरहेको छ ।

आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भए पनि उनलाई हाल मुम्बईस्थित आर्थर रोड जेलमा राखिएको छ । सबैलाई एउटै मुद्दा बनाएर एनसीबीले कारबाही गरिरहेको छ । आर्यनको जमानत दुईपटक खारेज भएपछि उनको वकिलले मुम्बई हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन् । जसको सुनुवाइ २६ अक्टोबरमा हुँदैछ । 

अपिलमा आर्यनले आफूलाई एनसीबीले फसाउने नियत राखेको आरोपसमेत लगाएका छन् । ‘मेरो ह्वाटएप्स च्याटलाई गलत तरिकाले बाहिर ल्याइएको छ,’ आर्यनले अपिलमा भनेका छन्, मैले ड्रग्स सेवन गरेको छैन र मसँग केही प्रतिबन्धित सामग्री भेटिएको पनि छैन तर पनि म जेल बस्न बाध्य छुँ ।’ उनले पार्टीमा आफूले अरबाज र आचित नामक दुई साथीलाई मात्र चिनेको खुलाएका छन् । आर्यनले अपिलमा आफूलाई फसाउने षड्यन्त्र भइरहेको जनाउँदै न्यायका लागि यहाँसम्म आएको उल्लेख गरेका छन् । 

हालै एनसीबीले आर्यनको घर मन्नतमा समेत छापा मारेको थियो । यद्यपि त्यहाँ के पाइयो भन्ने विषयमा केही खुलाइएको छैन । यसका साथै ह्वाटएप्स च्याट अभिनेत्री अनन्या पाण्डेसँग लिंक भएको भन्दै त्यहाँसमेत एनसीबीले छापा मारेको छ । बिहीबार एनसीबीले छापा मरेपछि अनन्यालाइ सोधपुछका लागि बोलाउनुका साथै ल्यापटप र मोबाइलसमेत सिज गरेको थियो ।