🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेत

काठमाडौं । गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख जितेन्द्र बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय मंगलबार सहसचिवबाट सविचमा बढुवा भएपछि रिक्त स्थानमा गृहमन्त्रालयको प्रवक्तासमेत सम्हाल्दै आएका बस्नेतलाई सरुवा गरिएको हो । 

यसअघि उनले चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।