🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाद्वारा संचालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्‍न

काठमाडाैं । नेपाली सेनाकाे  जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा विभिन्न सञ्‍चार माध्यमका २६ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई  २०७८ मंसिर ०५ गतेदेखि मंसिर १० गतेसम्म संचालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम (Defence Correspondent Orientation Programme-DCOP) को २०७८ मंसिर १० गते चितवन राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ  खड्‍गदल गणमा आयोजित एक कार्यक्रमकाबीच श्जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलबाट समापन गरिएको छ ।   

 जनसम्पर्क तथा सूचना निर्देशनालय अनुसार, उक्त कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रमका साथै राष्ट्र गौरवको आयोजना काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना (KTFT) तथा चितवन राष्ट्रिय निकुञ्‍जको स्थलगत भ्रमण गराइएको थियो ।

 उक्त समापन कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत,  खड्‍गदल गणका गणपतिलगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।