🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रोजगार खोसिएको भन्दै भन्सार एजेन्ट प्रतिनिधि संघको निरन्तर धर्ना ( भिडियाे सहित)

रोजगार खोसिएको भन्दै भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले भन्सार विभाग अगाडि धर्नालाई निरन्तरता दिएको छ । बुधवार पनि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेको भन्दै धर्नालाई निरन्तरता दिएका हुन् ।  भन्सार एजेन्ट प्रतिनिधि संघका प्रतिनिधिहरुले भन्सार एजेन्ट प्रतिनिधिहरुलाई राज्यले उचित व्यव्स्थापन गर्नुपर्नेमा उल्टो व्यवस्था खारेज गरेको भन्दै धर्नालाई निरन्तरता दिइरहेका छन् ।

उनीहरुले  देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेबाट बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था कायम गर्न माग गर्दै आएका छन् । अहिले पनि धर्नामा ‘हाम्रो रोजगारीको सुनिश्चित गर, संविधान प्रदत्त अधिकार कायम गर्, हान्यो वाण प्रतिनिधि जत्थामा– अन्धो सरकार बस्या छ सत्तामा, विभेदकारी ऐन संशोधन गर्’ भन्ने नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।