🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारी जग्गा हडप्ने गिरी पत्रकारमाथि अभद्र व्यवहार गरेपछि पक्राउ

काठमाडौं, ७ असार । अनामनगरको सरकारी जग्गा हडप्ने हरिप्रसाद गिरी पत्रकार सुनिल सापकोटामाथि अभद्र व्यवहार गरेपछि पक्राउ परेका छन् । उनलाई अहिले सिंहदरबार वृत्तमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गिरीले बुधबार बिहान सवा ९ बजेतिर अनामनगरको सामाजिक विकास चोकमा स्वास्थ्य लाइभका सम्पादन सापकोटामाथि अपशब्द र अभद्र व्यवहार गरेका थिए । उनले जग्गाको विषयमा समाचार लेख्ने पत्रकार यही भनि आफ्नो साथमा रहेका मान्छेहरूलाई भौतिक आक्रमण गर्न उक्साएका थिए ।

गिरीले काजि महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ साबिक धोबीखोला जनिएको कित्ता नम्बर १४३ को ४ आना जग्गा हालसाबिक गरेर आफ्नो नाममा घुसाएका थिए । त्यस्तै धोबीखोला कै १ आना जग्गा हालसाबिक गरेर शान्ता दाहाललाई बेचेका छन् । नापी विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले प्रस्ट रुपमा उक्त कुरा उल्लेख गरेको छ । उक्त जग्गा अहिले सरकारको नाममा फिर्ता आइसकेको छ ।

समाचार लेखेर सरकारी जग्गा फिर्ता ल्याउन भूमिका खेलेका पत्रकार सापकोटा माथि सरकारी जग्गा हडप्ने गिरी बुधबार बिहान एक्कासी जाइलागेका हुन् । आफूमाथि भौतिक आक्रमणको प्रयास र अभद्र व्यवहार भएपछि उनले प्रहरीमा जाहेरी दिएको बताए ।

दोषीमाथि अभद्र व्यवहारमा कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको माग छ । पत्रकार सापकोटालाई अभद्र व्यवहार गर्ने तुल्सी राईलगायत भने प्रहरीको सम्पर्कमा छैनन् ।