🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संरक्षित वन्यजन्तु भालुको पित्त सहित पक्राउ

काठमाडौं, ।     टोखा नगरपालिका-९ आनन्द टोल नजिकबाट २ सय ४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने १ थान बस्तु सहित लमजुङ दोर्दी गाउँपालिका-८ खिन्चोक बस्ने ३५ वर्षीय मन बहादुर सिलुवाल क्षेत्रीलाई  माघ २७ गते  बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    टोखा नगरपालिका-९ क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको  हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार  काठमाडौं पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।