भारतको सबैभन्दा गहिरो गम्भीर साह्रै संवेदनशील सामरिक महत्वको सिलिगुडी बागडोरद्वारा कोरिडोरलाई चल्लाको घाँटी –Chicken's neck_ पनि भनिन्छ । भारतको नक्सा हेर्नु भयो भने यो सबैभन्दा साँघुरो साह्रै पातलो ठाउँ देखिन्छ ।
बंगलादेशले भारतबाट पायो बदलामा ५१ वटा गाउँ र ७ हजार १ सय १० दशमलव ०२ एकड भारतले पायो । यसरी सट्टापट्टा हुँदा बंगलादेशले १० हजार एकड जमिन बढी पाएको देखिन्छ । त्यहाँका बासिन्दा जुन देशमा परे त्यहीँको नागरिक पनि हुने भए ।
वास्तवमा यसको लम्बाई २०/२१ किलोमिटर वा १२/१३ माइल छ । नेपाल, बंगलादेश, सिक्किम, भुटान, डोक्ला (डुकलाम), मिजोरम, नागाल्याण्ड, मेघालय, सम्पूर्ण आसाम जाने रेलमार्गहरु, थलमार्गहरु, हवाई मार्ग, आसामदेखि बिहारको बैरोनी रिफाइनरीमा आउने तेल पाइपलाइन सबै माटो(जमिन)मुनि भएर जान्छ । यस्तो महत्वपूर्ण भूभागको कुनै एक त्यान्द्रोसमेत भारतले दिन असम्भव छ ।
नेपाल र भारत सीमाना विवाद र किचलो स्वयं भारत सरकारहरु सिर्जित हो । बंगलादेश र भातर बिचको सीमा समस्या भारत र पाकिस्तान बनेकै समय ब्रिटिशहरुबाट जानाजानी वा धरातलीय यथार्थ नबुझेको अंग्रेज रेडक्लिफ लाइनले ब्रिटिश साम्राज्यको अन्तिम दिनहरुमा खडा भएको हो र भारतलाई बंगलादेश भूभाग सट्टापट्टा गर्ने अति आवश्यकता परेको हो ।
तर, हाम्रो सीमा विवाद भारतले समस्या खडा गरेको हो । नेपालको प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते २५८ सांसद उपस्थित सबैका सबैले एक भएर सर्वसम्मत रुपमा कालापानी, लिम्पियाधुरा, लिपुलेक भएको नक्सा पारित गरेकै हो । उपेन्द्र यादवले त्यस समय भन्नुभएको थियो कि ‘नेपाली कांग्रेस र कम्युनिष्ट नेताहरुले सुगौली सन्धिभन्दा पछाडि हटेर महाकाली सन्धि गरेकोमा माफी माग्नुपर्छ ।’
त्यसको अर्काे दिन २०७७ साल ३२ जेठमा राष्ट्रियसभाले पनि सर्वसम्मत अनुमोदन गरेको थियो । त्यसको दिनगन्तीले तीन वर्ष पनि नपुग्दै त्यो नक्सामा हेरफेर पार्ने वा भारतको भूभागसँग सट्टापट्टा हुनसक्ने कुरा नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नरेन्द्र मोदीका माझ भयो भन्ने आपत्तिजनक कुरा स्वयं प्रचण्डकै मुखराविन्दबाट प्रकट भएको हो ।
प्रचण्डकै मुखबाट तथाकथित बंगलादेश मोडलको कुरा पनि आएको हो । बंगलादेश र भारतमाझ ६८ वर्ष पहिले पाकिस्तान र भारत क्रमश १४ अगस्ट र १५ अगस्टमा ब्रिटिश साम्राज्यबाट मुक्त हुँदा उनीहरु बिचको सीमाना रेखा रेडक्लिफ भन्ने ब्रिटिश उच्च अधिकारीले कोरेको १७ अगस्ट १९४७ मा प्रकाशित भयो ।
पुरानो समय सम्पूर्ण भारतमा ब्रिटिश राज रहँदा कूचविहार राज्यका महाराजा र रजपुर राज्यका फौजदार माझ बराबर सतरंज (चेस)को खेल हुँदा एक एक गाउँ बाजी थाप्दै खेल्दथे ।
यसरी कुचविहारको १ सय ११ (१११) गाउँ रजपुरको भएको थियो । सन् १९४७ मा रेडक्लिफ लाइन कोरिँदा सम्पूर्ण रजपुर पूर्वी पाकिस्तान र सम्पूर्ण कुचविहार भारतको भयो ।
सन् १९४७ देखि २०१५ सम्म ६८ वर्ष यो विषय समस्या प्रतिकूल कठिन राजनैतिक भौगोलिक ब्रिटिश रेडक्लिफ लाइनको कारण रहिरह्यो । पटक पटक कुराकानी चले र अन्तमा भारतीय संविधानको संशोधनसमेत गरेर ती गाउँहरु १११ टुक्रा भूभाग १७ हजार १६० दशमलव ६३ एकड पूर्व पाकिस्तान पर्छ ।
बंगलादेशले भारतबाट पायो बदलामा ५१ वटा गाउँ र ७ हजार १ सय १० दशमलव ०२ एकड भारतले पायो । यसरी सट्टापट्टा हुँदा बंगलादेशले १० हजार एकड जमिन बढी पाएको देखिन्छ । त्यहाँका बासिन्दा जुन देशमा परे त्यहीँको नागरिक पनि हुने भए ।
त्यस्तो सीमा समस्या र नेपालको भूभागलाई भारतले मिचेर राखेको भारतले खडा गरेको समस्या हो । नेपालको संसदले आफ्नो देशको सही नक्सा प्रकाशित गरेको हो । भारतको कुनै भूभाग मागेको वा सट्टापट्टा गरौं भनेको होइन ।
र, अन्तमा उल्लेख गरिहालौं । हालै भारतीय नयाँ संसद भवनमा काल्पनिक बृहत् भारतको नक्सा राखेको घटनापछि काठमाडौंका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु भयो । ग्रेटर नेपाल आजको मुद्दा हो कि होइन ? यो पक्ष उठान गर्नु दीर्घकाल र तत्कालका लागि नेपालको हितमा छ कि छेन ? यो अर्को बहसको विषय बनेर अगाडि आएको छ ।



