🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गौ हत्या गर्नेलाई कडा कारवाहीसहित सेवा निषेध

नरैनापुर १२ जेष्ठ । बाँकेको नरैनापुर गाउँपालिकामा गौ हत्याको घट्ना बढ्न थाले पछि गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नरैनापुर गााउँपालिकाको २०८० जेठ १२ गते शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस् भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्ष सम्म गाउँपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिए ।

\"\"

(नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह)

पालिकाको २०८० जेठ १२ गते बसेको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सुरक्षाकर्मीहरुलाई गाउँपालिकाले अनुरोध गर्नुका साथै जनतचेतना कार्यक्रम संचालन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए ।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अधर्मी, अमानवीय कार्य गर्ने अपराधवादी तत्वहरुले एक पछि अर्को गर्दै नरैनापुरको सद्भावलाई खलल पुर्याउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चलखेल गरी रहेको बताउदै गौ हत्या जस्तो जघन्य अपराधले गाउँपालिकालाई मर्माहित बनाएको बताए । अध्यक्ष इश्तियाक अहमद शाहले गौ हत्यामा संलग्नलाई नियन्त्रणमा लिई कडा कारवाही गर्न सम्बन्धित निकायसंग अपिल गरेका छन् ।

अध्यक्ष शाहले सर्वप्राणी रक्षार्थ लाग्न सबैसंग अपिल गर्दै स्थानीय सरकार राष्ट्रिय जनावरको रुपमा रहेको गाईका विषयमा गम्भीर रहेकोले अपराधीक कार्यलाई जाति धर्म संग नजोडि मानवीय नाताले अपराध नियन्त्रण गर्न तर्फ लाग्न सम्बधित सबै पक्षसंग अपिल गरेका छन्।

  नरैनापुर गाउँकार्यपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मार्य, वडा सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतको सहभागिता रहेको थियो ।