काठमाडौँ, १३ जेठ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
राति भने देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



