🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नयाँ दिल्लीको विशेष कोसेली–नेपाल हिन्दू राष्ट्र, एमाले सिध्याउने ग्राण्ड डिजाइन तयार !

काठमाडौ /  निरन्तर भारतीय राजनीतिक हस्तक्षेपको चेपुवामा पर्दै आएको नेपाल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछिसम्म भारतीय एजेण्डाकै वरिपरी घुम्ने अवस्था सिर्जना हुदैछ । भारतले चाहेको मुख्य एजेण्डामा एमाले सहमत हुन संंकेत नदेखिएपछि भारतले नै पहिला निर्माण गरेको नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलरुहको सत्तारुढ गठबन्धनलाई निरन्रतता दिंदै नयँँ ढंगले नेपालको राजनीतिमा हस्तक्ष्ँेप गर्न रणनीति अख्तियार गरेको उच्च राजनीतिक र कूटनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।  
२०७४ भदौ ७ देखि १० गतेसम्मको प्रधानमन्त्री शेरबहादुर देउवाको ५ दिने औपचारिक भारत भ्रमणबाट उल्लेखित संकेत देखिएको छ । २०७४ भदौ ८ गते विहिवार भारतको इम्पेरिकल होटलमा इन्डिया फाउन्डेशले आयोजना गरेको कार्यक्रममा भारतका खँद्यमन्त्री रामविलास पासवानले नेपाल चीनबाट खतरामा रहेको उल्लेख गरेका थिए । भारतीय खँद्यमन्त्री पासवानको सार भनेको चीनले तिब्बत लिइसकेको अवस्थमा अब नेपाललाई लिनसक्छ त्यो बेला भारतले नेपाललाई सहयोग गर्छ । नेपालका प्रधानमन्त्री देउवा उपस्थित रहेको औपचारिक कार्यक्रममा भारतीय मन्त्रीको विवादास्पद भनाइ योजनावद्ध रुपमा आएको टिप्पणी काठमाडौंको राजनीतिक वृत्तमा भइरहेछ । भलै प्रधानमन्त्री देउवाले चीन नेपालको शत्रु नभएको र कुनै समस्या समेत नरहेको बताएर प्रतिवाद गरेका थिए पनि भनिएको छ । 
भारतीय हस्तक्षेपसँगै पश्चिमाहरू पनि नेपालमा बढी नै चलखे गर्ने स्वतन्त्र तिब्बतको पक्ष्ँमा नेपालबाट रणनीति बनाउन थालेपछि चीन नेपालको राजनीतिमा चासो राख्न थालेको देखिएको छ । चीन नेपालको राजनीतिमा चासोपूर्वक देखापर्न थालेपछि भारत कांग्रेस र माओवादीको गठबन्धनलाई अझै बलियो बनाउदै २०७४ मंसिर १० को प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचमा वृहत्तर तालमेल(मोर्चा) बनाएर निरन्तरता दिने योजनामा देखिएको हो । वाह्य शक्तिको चाहना अनुसार, तीनवटै निर्वाचनमा एमालेलाई कुनापार्न उसविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा, राप्रपा(प्रजातान्त्रिक) र नेपाल लोकतान्त्रिक फोरमलाई एक बनाएर मदानमा पठाईने छ । एमालेविरुद्ध ‘लोकतान्त्रिक–वाम गठबन्धन’ नाम दिएर यो गठबन्धन पेशागत संगठनहरूमा पनि सशक्त रुपमा देखा पर्नेछ । जुन कुरा नेपाल पत्रका महासंघको निर्वाचनमा प्रकट भइसकेको छ । 
 प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचमा एमाले पहिलो दल बन्ने डरमा कांग्रेस छ । अर्कोतिर एमाले बलियो बन्दा माओवादी केन्द्र कमजोर बन्ने अवस्था आउछ । यी दुई दल कांग्रेस र माओवादी केन्द्रको बाध्यता बुझेको भारतले  सत्तारुढ गठबन्धनलाई आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचमा जसरी पनि दुई तिहाई मत ल्याउने गरी मलजल गराउने रणनीति लिएको नयाँ दिल्ली स्रँेतले बताएको छ । वर्तमान सत्ता गठबन्धनले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिएको अवस्थामा र निर्वँचनमा तालमेलसमेत गराउदा एमालेको कमजोर उपस्थिति हुने उसको आंकलन छ । अर्थात् एक प्रकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वँचनमा दोस्रो ‘भरतपुर प्रकरण’मार्फत एमालेलाई सम्पूर्ण शक्ति लगाएर किनारा लगाउने ग्राण्ड डिजाइन तयार भइसकेको स्रँेतको दावी छ । 
भारतीय संस्थापन पक्षले अहिले चार वटा मुद्दामा केन्द्रित भएर नेपाल नीति बनाएको विश्लेषण नेपालका पर्राष्ट्रविद्हरूले गर्ने गरेका छन् । ती चारवटा विशेष मुद्दामा नेपाललाई हिन्दू राष्ट्र बनाउने पक्ष्ँमा माहोल बनाउने, संविधान संशोधनका लागि निर्वाचनमा गठबन्धनमार्फत दुईतिहाई पुग्ने मत ल्याउने वातावरण सिर्जना गर्न विशेष (साम,दाम, दण्डभेद)को नीति अख्तियार गरेर खेल्ने । त्यसका लागि अहिलेका सत्तारुढ गठबन्धन दलहरूलाई अझ सुदृढ बनाएर के के गर्दा र कुनकुन हथकण्डा अपनाउदा एमालेलाई कर्नरमा पार्न सकिन्छ त्यसका लागि विशेष तयारी थाल्ने  । एमालेलाई कर्नरमा पार्न सकेमा नेपालमा चिनिया प्रभावलाई कम गर्न सकिन्छ भन्ने बुझाइ पनि भारतीय संस्थापन पक्षका नेताहरूको रहेको थाहा भएको छ । 
त्यसमाथि भारतीयहरू नेपालीहरूमा ‘भारतीय प्रभावको हेजेमोनी’ अर्थात् सब कुरा भारतमार्फत भइहरेको छ भन्ने ‘मानसिक रुपमा दासता’ विकास गराउने रणनीति पनि बनाएका छन् । त्यसका लागि केही वुद्धिजीवी र सञ्चारकर्मीलाई नेपालका राजनीतिमा भारतीय प्रभावबारे लेख्न लगाइरहने रणनीति पनि निरन्तर चलाउने डिजाइन रहेको बताइन्छ ।
भारतीय योजना भने सकेसम्म एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो पक्ष्ँमा ल्याएर ओलीमार्फत हिन्दू राष्ट्रको पक्ष्ँमा माहोल बनाउने त्यो नसकेको अवस्थामा ओली एमालेका अध्यक्ष्ँमा रहुञ्जेल एमालेलाई कर्नरमा राख्नका लागि सम्पूर्ण शक्ति लगाउने रहेको थाहा भएको छ । त्यसै अनुसार अहिले नोपलका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भूमिका खेलिरहेको दावी भारतीयहरूको रहेको छ । तर, ओली भारतीय योजनामा चल्ने संभावना छैन । पछिल्ला दिनमा चिनीयाहरू समेत एमालेसग नजिक हुन थालेपछि भारत थप सशंकित बनेको छ । 
नेपालको राजनीतिमा भारतको प्रत्यक्ष÷अप्रत्यक्ष चलखेल हुने गरेको कुरा त पुरानै हो । भारतका साथै २०६३ वैशाखपछि पश्चिमा र चीनको समेत चलखेल र प्रभाव देखिन थालेको छ । अझ पश्चिमाहरू त नेपालको नीति निर्माण तहमै चलखेल गरिरहेका छन् । नेपालमा जेजसरी हुन्छ नीतिगत प्रभाव विस्तार गर्न सफल भएको अवस्थामा नेपालको संरचनागत कब्जा गर्न सजिलो हुने निष्कर्ष मश्चिमाहरूको रहेको पाइन्छ ।