🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री देउवाको नाममा भट्टको दलाली !

काठमाडौं । टिम्बर कर्पोरेशनको जागिर । काम भने राजनीतिक दलाली । नेपाल टिम्बर कर्पोरेशनको आपूर्ति शाखा प्रमुख रामचन्द्र भट्ट(चन्दने)ले राजनीतिक आडमा के मात्र गर्दैनन् । सुदूर पश्चिमका चतुर भट्टको डिस्नेरीमा असम्भव भन्ने कुरा केही छैन मात्र आवश्यक पर्छ त दक्षिणा खोका, पेटीको । कंग्रेसी कार्यकर्ता र सुदूरश्चिम घर भएको फाइदा उठाउदै भट्ट प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुसंग नजिकिए । उनी दलाली गर्नेमा चाहिं कंग्रेसको राम्रै कार्यकर्तामा पर्दछन् भट्ट । दलालीकै कारण कंग्रेसी नेताहरुसंग समेत उनको राम्रै उठबस छ । देउवा, रमेश लेखक, एआइजी जयबहादुर चन्दलगायतको राम्रै नाम भजाएका छन । तर, यस्तो कहिलेसम्म प्रधानमन्त्री देउवाको एक सचिवालयका सदस्यले प्रश्न गरे । भट्टले गृहमन्त्री जनार्दन शर्माबाट समेत राम्रै फाइदा लिन सकिने र आवश्यक परेको स्थानमा प्रहरी सरुवा गर्ने भन्दै पैसा उठाउन कसिएको चर्चा प्रहरीहरु गर्दछन् । प्रधानमन्त्री पत्नी आरजु, गृहसचिव लोकदर्शन रेग्मीलगायतसम्म भेटी चढाउनु पर्ने भन्दै उनले रकम उठाउने गरेका छन ।
हाल भट्ट टिम्बर कर्पोरेशनमा भन्दा पनि प्रधानमन्त्री देउवाको नजिकको मान्छे भन्दै प्रहरी र निजामती कर्मचारीको सरुवा, वढुवामा सक्रिय गुनासो सुनिन्छ । निजी कम्पनीमा जागिर लाए वापत पनि उनी चर्को रकम असुल्छन् । टिम्बर कर्पोरेशनका हामीकहरु कसैलाई टेर्दैनन् । हाकिमहरुले केही भन्यो कि देउवा र प्रधामन्त्री पत्नी आरजुको धम्की दिन्छन् ।
 भ्रष्टाचारको आरोपमा भट्टको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान भइरहेको छ । तर उक्त मुद्दाप्रति उनलाई कुनै डर छैन । उनी आपूmलाई कसैले केही नसक्ने र आफ्नो पछि लाग्नेलाई सिध्याइदिने धम्कीदिने गर्दैआएका छन् ।
 अचम्म त के छ भने गृहसचिव लोकदर्शन रेग्मीसम्मलाई कन्भिन्स गरी प्रहरी सरुवा, बढुवामा पहु“च राख्दै दानापानी असुल्दै आएका छन् । रेग्मीलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री देउवा र पत्नी आरजुमार्फत सहयोग गर्ने भने पछि भट्टले भनेको जे सुकै काम गृहसचिव रेग्मीले खुरुखुरु गर्दिने गरेको गृह स्रँेत बताउछ ।
 सरुवा, बढुवाबाट भट्टले राम्रै आम्दानी गर्ने गरेको टिम्बरमा काम गर्ने उनकै समकक्षीहरुले भन्ने गरेका छन । पैसा कमाउन भट्टको ठूलो आशक्ति रहेको छ । पछिल्लो पटक निजामती कर्मचारीहरुको सरुवामा समेत बेग्लै लिष्ट लिएर हिंडेको कर्मचारी स्रँेत बताउछ ।
 भट्टले दुइ चार जना सिडियो समेत फेरेको गृहमा चर्चा चलेको छ । गृहसचिव रेग्मीको यतिसम्म बेइज्जत गर्दै हिंडेका छन् कि भट्टले रेग्मी मुख्य सचिव बन्ने र त्यसका लागि आर्थिक रकम संकलन गर्ने जिम्मा आपूmले पाएको भन्दै हिंडेको गृह सं्रँेतले बतायो ।  ।