🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनएलजी इन्स्योरेन्स कम्पनीसँग महालक्ष्मीको  बैंकासुरेन्स सम्झौता

काठमाडौं, असार २७ गते। महालक्ष्मी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने क्रममा २०७५ असार २६ गते थप एक वीमा कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स  (Bancassurance)  सम्बन्धी सम्झौता गरेको बैँकले जनाएको  छ । 

यसै सन्दर्भमा महालक्ष्मी विकास बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लब पन्तले बैँकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोहबीच बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गरेका हुन्  ।

सम्झौता अनुसार, ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको निर्जिवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानीलगायत सम्पूर्ण निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछन्  ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढी रहेको छ । महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म रु. २६ अर्ब १२ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।