🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युनाईटेड इदी मर्दीले लाभांश वितरण गर्दै, कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं, १५ फागुन। युनाइटेड इदी मर्दीले यसपटक सेयरधनीलाई लाभांश वितरण गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) कुल ५.७८९ लाभांश वितरण गर्ने भएको हो । 

यता, कम्पनीले लाभांश पारित गर्न बिहीबार फागुन १७ गते वार्षिक साधारण सभा बस्ने भएको छ। सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीका अनुसार आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि उक्त लाभांश वितरण हुनेछ । 

यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट यसले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ । फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।