🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भिटोफको नेतृत्वका लागि सुरु भो हानथाप

काठमाडौं, असार २७ गते । गाउँ  पर्यटनको प्रबद्र्धन गर्न भनेर गठन भएको गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ–नेपाल)को नेतृत्वका लागि हानथाप सुरु भएको छ । साउन १५ मा हुने साधारण सभाले नया“ नेतृत्व चयन गर्नेछ । उक्त सधारणसभाको निर्वाचनबाट नेतृत्व लिने ध्याउन्नमा पर्यटन व्यावसायी लागेका छन् । अहिले भिटोफको अध्यक्षका लागि मात्रै ६ जनाले दावी गरेका छन् ।  सबैले आआफ्नो प्रचार सुरु गरेका छन् ।

अघिल्लो कार्यकालमा एमाले र माओवादीबीच सहमति भएर निर्विरोध निर्वाचित भएका थिए । सोही अनुसार, अघिल्लो निर्वाचनमा कमल सापकोटा अध्यक्षमा चयन भएका थिए माओवादी कोटाबाट । त्यतिबेलाको सहमति आलोपालोमा भएको थियो । त्यसो हु“दा अहिले पूर्व एमालेनिकट व्यावसायीले नेतृत्व पाउनेछन् । एमाले र माओवादी पार्टी एकता भएपछि अन्य पार्टीका पर्यटन व्यावसायी पनि अध्यक्षमा दावी गर्न थालेका छन् । 

अहिले झिटोफका पूर्व प्रथम उपाध्यक्ष धुब्र सिम्खडा अध्यक्षको दावेदारका रुपमा अघि सरेका छन् । उनी पूर्वएमाले पनि हुन् । अहिलेका प्रथम उपाध्यक्ष राम घले जो नया“ शक्ति निकट हुन् उनी पनि अध्यक्षकै दावी गर्दैछन् । वर्तमान कार्यसमितिका द्वितिय उपाध्यक्ष दीपक दाहाल, महासचिव वासुदेव पाण्डे, सचिव जस्पा पाण्डे पनि अध्यक्षको पदको रहर गर्दैछन् ।

त्यसो त पूर्व महासचिव राजकुमार थापामगर पनि अध्यक्षको पदकै दावी गर्दैछन् । तर, पूर्वमाओवादी र पूर्वएमालेबीच सहमति भए अनुसार एमालेनिकटले अध्यक्ष पाउने भएकोले सिम्खडा वा पाण्डेमध्ये एकजना अध्यक्ष हुन सक्ने आंकलन पर्यटन ब्यवसायीहरुको रहेको छ । 

भिटोफका पूर्व कार्यवाहक कोषाध्यक्ष दीपक खनाल, पूर्व सदस्य आशुतोस प्रधान, वर्तमान कार्यसमिति सहकोषाध्यक्ष कृष्णबहादुर सुवेदी र कार्यसमिति सदस्य केपी सुवेदीले महासचिवमा दावी गरेका छन् ।