कञ्चनपुर । २०८० वैशाख २६ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष सुराकीको आधारमा जिल्ला कञ्चनपुर भि.न.पा.१० विद्युत कार्यालय नजिक र भि.न.पा. ०४ चमनचोक बसपार्कस्थित अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई आईरहेको अवस्थामा बिभिन्न सामान बरामद गरेकाे छ ।
प्रहरीका अनुसार, बरामद सामानमा तरकारी, लेडिज कपडा, आलु, मिश्री, प्याज, मोटर साइकल थान २, स्कुटर थान १ र साईकल थान ३ गरि रु.४,३९,१००/-(चार लाख उनानचालिस हजार एकसय ) बराबरका सामान,मोटर साइकल, स्कुटर र साइकल सहित फेला पारेकाे छ ।
बरामद सामानहरू कानून बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी ५ जना मानिस सहित भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएकाे छ ।



