🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थात जेमन्त – शरदराज गौतम

बिहान लाग्ने हाट हो– बिहीबारे हाट, धनकुटाको ।
कुनै बिहान अझैपनि पीढी अघिल्तिर जीवित सांस्कृतिक विधि ‘पिखा लुखा’ नटेकी
तपाई माथिल्लो कोप्चेको ‘ओरेञ्ज लेन’ हुँदै त्यहाँ पुग्नु भयो भने
धनकुटाको सामाजिक र सांस्कृतिक मात्रै होइन
राजनैतिक र आर्थिक सूचाङ्क पनि समाउन सक्नु हुन्छ ।
यो सूचाङ्कले तपाईको विकासे तिर्खा मेट्छ, म भन्दिन ।
तर, यसले कोशीपारिका गामबेसी र भीर पहरामा हुर्किंदो चेत बुझ्न सजिलो हुन्छ ।
धनकुटाको समग्रको नाभि भेट्ने ‘एपिक’ केन्द्र हो यो ।
र, यो नै प्रिटेस्ट पनि हो 
एकलौटी वामपन्थी एकाधिकार केन्द्रीय सरकारको मापन गर्ने विधिको ।
एमालेले सारा स्थानीय निकायको मात्रै होइन, 
प्रदेश र संघीय संरचनामा बहुमत जितेको ठाउँ हो, धनकुटा ।
यसलाई लाल कम्युनिष्टको राजधानी भने पनि, किल्ला भने पनि वा गढ भने पनि ।
सब थोक यै हो, र यै सबथोक ‘साँढे सात’ पनि हो ।
बिहीबारे हाटमा भेट्न सकिने यहाँका मध्यमवर्गीय र निम्न मध्यमवर्गीय मतदाता ।
र, यो हेर्न बिहीबारे हाटमा कटहर बोटमुनिको भट्टीमा एक बटुको ‘लिसिम्बु’ तानेर पुग्नु 
पर्दछ ।
हन हौ, धनकुटे चेत बुझिनसक्नुको छ ।
ती ‘बाउन ढोका’का तावेदार थिए
र, त्यसैको लिगेसी सूर्यबहादुरका आठपहरिया
र, अहिले कम्युनिष्ट संगठनका बँधुवा बामपन्थी ।
गौंडागौंडामा राणकालीन आदेश र उर्दीमा विकसित ‘अल्या’ थियो
सूर्यबहादुरको ‘काजी’ राजनीति ।
र, त्यसैको पृष्ठभूमिमा हुर्केको मध्यमवर्ग र तिनको संस्कृति ।
पहाडको मध्यमवर्गीय चेत सानोचोटमा पनि बढी दुखेको सुस्केरा हान्छ ।
र, हाटबजारमा एक बटुको ‘फ्याट्टै’ लाग्ने लिसिम्बुको प्रतिक्रिया बान्ता गर्दछ ।
मलुवाले आँट दिंदैन, तिनलाई राम्रो थाहा छ ।
भीर गाउँमा भैंसीको व्यवसायिक खेती गर्दा पनि
तिनका सपनाहरूले धर्ती टेक्न सक्तैनन् ।
त्यसैले ती हरेक पल्टको हाटमा अलिकति आफ्नो भाग्यलाई
र, धेरै सरकारलाई सत्तो सराप गर्दछन् ।
पहिला बाउन ढोकाका राणाहरूलाई, त्यसपछि सूर्यबहादुरका आसेपासेलाई
र, अहिले बामपन्थीका हुक्केढोकेहरूलाई ।
धनकुटा बस्नेका यो बानीलाई ‘धनकुट्टे बानी’ भन्छन, राजनीतिकर्मीहरू ।
र, यै धनकुट्टे बानीलाई  बहुमत प्राप्त बामपन्थी सरकारले कसरी लेको छ
म बिहिबारे हाटको कटहर बोटे भट्टीमा बिहानै एक बटुको लिसिम्बुमा प्रिटेस्ट ग्ँर्दैछु ।
धनकुटामा एकमना अत्यधिक बहुमतको सरकारको के सूचाङ्क भेटिन्छ  त ?
एक पोका कालो दाल फिंजाएर बसेकी बोजुलाई सोधी हेरुँ ?
कि असारे झरीलाई झुक्याएर एक डोको मर्चा बोकेर डाँडा उक्लेकी बृद्धालाई ?
बहुमत मात्रै होइन अत्यधिक बहुमत पु¥याउने पहिलो झुल्के धाम दिएको ठाउँ हो, धनकुटा ।
अब तिनलाई के जवाव दिने हो ।
गोविन्द केसी फटाहा हो ?
त्यसैले नै हो सुबिस्ताले सरकार चल्न नदिएको ।
कि नेपाली काँग्रेस लुते हो, तिनकै लुतो सरेको हो ?
गैससहरू पश्चिमा दलालहरू हुन, त्यसैले तिम्रा भीरमा मीठा आँप नफलेको हो ?
हन, यो लिसिम्बु कडा हो कि कम्युनिष्ट ?
बुझ्नै छोडियो हौ ।