🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्र.मं.कै कार्यालयमा साठी करोडको खरिद घोटाला 

काठमाडौं । आमसर्वसाधारण जनताले आफ्ना गुनासो, पीरमर्का, असुविधा र अनेक भुक्तमानका कहानी बिसाउने थलो हेलो सरकारको उपकरण खरिदमा नै घोटाला भएको तथ्य बाहिरिएको छ । उपकरण खरिदमा घोटाला भएको भेटिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसको छानबिन अख्तियारमार्फत गर्ने तयारी गरेको स्रोतको दावी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेलो सरकार’को कल सेन्टरका लागि आवश्यक उपकरण खरिदका क्रममा घोटाला भएको हो । हेलो सरकारले ५ विकास क्षेत्रमा हेलो सरकारको युनिट खडा गर्नका लागि विभिन्न उपकरणहरू खरिद गरेको थियो । यद्यपि, ती उपकरण के के हुन् भन्ने खुलाइएको छैन । तर, त्यसमा व्यापक आर्थिक अनियमितता भएको स्रँेतको दावी छ । अनियमितताको तथ्य बाहिरिएसँगै यसमाथि छानबिनको तयारी भएको बुझिएको छ । 

स्रोतका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हेलो सरकारका लागि ६० करोड मूल्यका उपकरणहरू विभिन्न समयमा खरिद गरेको थियो । आफूनिकटकासँगको सेटि¨मा कम मूल्यका उपकरण महँगो दरमा खरिद गरेर कमिसन खाएको उजुरी परिरहेकै बेला उपकरणहरू बिग्रिएपछि प्रधानमन्त्रीको सचिवालयले समेत यसमा चासो राखेको स्रोत बताउछ ।

खरिद गरिएका उपकरणमध्ये २ स्थानमा राखिएका छोटो समयमा नै बिग्रिएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का एक अधिकारीले उपकरण खरिद शंकाको घेरामा तानिएपछि यसमाथि छानबिन अघि बढेको बताए । स्रोतका अनुसार, उपकरण खरिद घोटाला प्रकरणमा मुकेश रेग्मीसहित प्राविधिक शाखाका कर्मचारी तानिएका छन्. । प्राविधिक उपसचिव रेग्मीसहितका कर्मचारीमाथि कम गुणस्तरको उपकरण खरिद गरेर कमिसन खाएको आरोप छ । रेग्मी यसअघि पनि विवादमा आएका व्यक्ति हुन् ।

खासगरी सफ्टवेयर र हार्डवेयरको खरिदमा उनी पटक पटक विवादमा पर्दै आएको स्रँेत बताउछ ।  यसपटक भने उनको समूह ६० करोडको उपकरण खरिद विवादमा मुछिएको छ ।  उपकरण खरिदमा अनियमितताको तथ्य बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले समेत यसमा चासो दिएको खबर छ । स्रोतका अनुसार, ओलीको सचिवालयले अख्तियारमार्फत छानबिन गराएर संलग्न कर्मचारीमाथि छानबिन गर्ने तयारी गरेको छ ।