🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कतारविरुद्धको खेलमा नेपालले टस हा¥र्यो

काठमाडौँ, १४ वैशाख (रासस) : एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ ।

\"\"

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छ्न । यससँगै नेपालले अब पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले कतारलाई पराजित गर्दै समूहको विजेता बन्न चाहन्छ । नेपालले यसअघि खेलेको तीन खेलमा दुईमा जित र एकमा अङ्क बाँड्दै पाँच अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । तेस्तै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो ।

आजको खेलमा जित हासिल गरे नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल खेल्नेछ । कतार तीनै खेलमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कतारको भने यस खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।
–––