🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मेस्सी र एम्बाप्पेको दुई/दुई गोलमा पीएसजीकाे जित

काठमाडौं, २२ मंसिर : स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा प्रभावशाली जित निकालेको छ । 

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको समूह ‘ए’ को खेलमा पीएसजीले क्लब ब्रुगलाई ४–१ अन्तरले पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । 

खेलको दोस्रो मिनेटमा पीएसजीले एमबाप्पेको गोलमा अग्रता लियो । ७ मिनेटमा  एन्जल डी मारियाको पास एमबाप्पेले भलीमार्फत दोहोरो अग्रता बनाए । 

खेलको ३७औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई ३–० को अग्रता दिलाए । ६७औँ मिनेटमा माट्स रिट्सले गोल गर्दै ब्रुगलाई ३–१ को अवस्थामा झारे । 

तर ७६औँ मिनेटमा आफैंलाई फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दे मेस्सीले टोलीलाई ४–१ को जित दिलाए । 

यसै समूहको अर्काे खेलमा म्यानचेष्टर सिटी आरबी लाईपजिगसँग २–१ ले पराजित भयो । 

पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हार सहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । सिटी १२ अंकसहित शीर्ष स्थानमा रहँदा ७ अंक बनाएको आरबी लाईपजिग र ४ अंक बनाएको क्लब ब्रुग समूह चरणबाटै बाहिर रहे । 

न्युज कारखाना