🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इंग्लिस प्रिमियर लिग : चेल्सीको कठिन जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । चेल्सीले शनिबार भएको खेलमा फुलह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीले निर्णायक गोल गर्न भने पेनाल्टीको सहारा लिनु परेको थियो । 

पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा फुलह्यामका डिफेन्डर इसा लेई डिओपलले डी बक्सभित्र चेल्सीका रहिम स्टर्लिङलाई फल गरेपछि पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई चेल्सीका कोल जेरमैनले गोलमा परिणत गर्दै स्पष्ट ३ अंक दिलाए । 

जितपछि चेल्सी ३१ अंकका साथ तालिकाको आठौं स्थानमा उक्लिएको छ । पराजित भएको फुलह्याम भने २४ अंकका साथ तालिकाको १३ औं स्थानमा छ ।