🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना : एकको मृत्यु, १४ घाइते

बैतडी, २० चैत (रासस) : जिल्लाको पञ्चेश्वर गाउँपालिकामा जिप दुर्घटनामा हुँदा एकको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । गणमेश्वरबाट देहीमाडौँतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप पञ्चेश्वर–५ तिलकपुर भिटा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी पञ्चेश्वर–५ का ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । घाइते हुनेमा पञ्चेश्वर–६ रोडीका ६९ वर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर–५ मस्नेटाका ३३ वर्षीया निर्मला पन्त, सोही ठाउँका ८९ वर्षीय गोकुलदत्त भट्ट, ३३ वर्षीय रामप्रसाद भट्ट, ६२ वर्षीया जसुदेवी भट्ट, चार वर्षीय मोहित भट्ट, ३५ वर्षीया मीना भट्ट, ३३ वर्षीय राजेन्द्र भट्ट, २८ वर्षीया तुलसी भट्ट, २३ वर्षीया कुन्ती भट्ट, ३४ वर्षीय केशव भट्ट, ५५ वर्षीया ललिता भट्ट र तीन वर्षीय रोशन भट्ट रहेका छन् । 

पञ्चेश्वर–६ सेलीका २२ वर्षीय चालक राकेश कोली पनि घाइते भएका छन् । घाइतेमध्ये कुन्तीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । ब्रेक फेल भएर दुर्घटनामा परेको जिप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । जिप दुर्घटनापछि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायत सुरक्षा निकायको टोली घटनास्थल पुगेको थियो । 
–––