🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मध्यपूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न (सचित्र समाचार)

बर्दिवास, २० चैत (रासस) : नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरअन्तर्गत बर्दिवास सैनिक शिविर, महोत्तरीमा भूतपूर्व सैनिक सम्मेलन, २०७९ सम्पन्न भएको छ ।

सम्मेलनको आज उद्घाटन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्र सेवा तथा नेपाली जनताको सुख–दुःखमा साथ रहनु नै नेपाली सेनाको मूलमन्त्र भएको बताउनुभएको छ । उहाँले नेपाली सेना बलियो हुनु भनेको नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित तथा राष्ट्रिय स्वार्थको संरक्षण र सम्बोधन अझ प्रभावकारी तबरबाट हुनु हो भन्नुभयो ।

सम्मेलनमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट र सप्तरी गरी जम्मा आठ जिल्लामा बसोबास गर्ने करिब दुई हजार भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागिता रहेको थियो । 

\"\"

सम्बोधनकै क्रममा प्रधानसेनापतिले भूतपूर्व सैनिकको जीवनलाई थोरै भए पनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताउनुभयो ।  सम्मेलनमा रौतहट निवासी ९३ वर्षका सिपाही डिल्लीबहादुर खड्का (अ.प्रा.) र स्व सिपाही महिन्द्रप्रसाद उपाध्याय (अ.प्रा.) की श्रीमती सिराहा निवासी ९३ वर्षकी श्रीमती दानकुमारी कोइरालालाई सम्मान गरिएको थियो ।

यसैगरी सर्वोत्कृष्ट लघुउद्यमी÷व्यवसायीहरू दुई जनालाई प्रशंसा–पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा चार वा सोभन्दा बढी सन्ततिहरू नेपाली सेनामा रहेका तीनजना अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १० जनालाई ह्विल चेयर, वैशाखी तथा आर्थिक सहयोग र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरूलाई कर्जाको चेक वितरण गरिएको थियो ।

\"\"

\"\"

\"\"

मधेश प्रदेशका हरेक जिल्लाबाट सर्वसाधारण नागरिकका जेहेन्दार एक छोरा र एक छोरी गरेर जम्मा १६ जनालाई सैनिक विद्यालय बर्दिवासमा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने जानकारी उहाँले गराउनुभयो ।

भूपू सैनिकहरुका तर्फबाट प्रादेशिक रथीवृन्द प्रतिनिधि उपरथी डा सुनिलकुमार सिंह (अ.प्रा.)) तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका महासचिव प्रमुख सेनानी श्यामसुन्दर घिमिरे (अ.प्रा.) ले अवकासप्राप्त सैनिक र आश्रित परिवारजनलाई पु¥याउँदै आएको सहयोगका लागि नेपाली सेनाप्रति आभार प्रकट गर्नुभयो । 

\"\"

बलाध्यक्ष रथी सीताराम खड्काले कल्याणकारी गतिविधिलाई सरल, सहज र विस्तार गर्न निरन्तर प्रयास भइरहेको बताउनुभयो । समारोहमा नेपाली सेनाका बहालवाला तथा अवकासप्राप्त रथीवृन्द तथा अधिकृतहरू, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ.प्रा.), कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उपरथी रामबहादुर गुरुङ (अ.प्रा.) र उपरथी देवेन्द्रबहादुर मेधासी (अ.प्रा.)लगायत उपस्थिति हुनुहुन्थ्यो ।

\"\"

त्यस अवसरमा भूपू सैनिक तथा एकल महिलाहरूको तर्फबाट मार्चपाष्टलगायत स्थान विशेषको झाँकी, विभिन्न संस्कृति झल्किने नृत्य, राष्ट्रिय सेवादलका क्याडेटद्वारा नृत्य र सैनिक व्याण्डको प्रस्तुती प्रदर्शन गरिएको थियो ।

\"\"

\"\"

\"\"

\"\"

\"\"

यसै क्रममा भोलि चैत्र २१ गते सिन्धुली, दोलखा र रामेछापमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने कार्यक्रम छ । सम्मेलनमा अवकासप्राप्त सैनिकहरूलाई भेटघाट र अनुभव आदानप्रदान गर्ने अवसर मिल्नुका साथै सैनिक नेतृत्वसँगको अन्तरक्रियाबाट कल्याणकारी कार्यहरूलाई थप प्रभावकारी बनाउँदै लैजान महत्त्वपूर्ण सुझावहरू प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ ।
–––
 

तस्बिर ः- नेपाल आर्मीको फेसबुक पेजबाट