🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्काको नाममा सवारी चालकको ट्रायल दिने पक्राउ

काठमाडौँ, १३ असार : नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा रामेछापका २२ वर्षीय मदन रायलाई मंगलबार पक्राउ गरेको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने विद्यार्थीलाई विशेष कडाइ गरिएको बताए । 

उनले नियन्त्रणमा लिएका रायलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमार्फत मुद्दा दायर गरिएको जानकारी दिए । रासस