🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सहुलियत उपचारका लागि सम्झौता

काठमाडौं, १३ असार खेलाडी, प्रशिक्षक र खेलकुद कर्मचारीका साथै उनीहरुको परिवारलाई स्वास्थ्य उपचारमा सहुलियत दिने सम्बन्धमा नेपाल खेलाडी तथा प्रशिक्षक संघ र ललितपुरको निदान अस्पतालबीच मंगलबार सम्झौता भएको छ ।

संघका अध्यक्ष महेश महर्जन र निदानका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । ४ वर्षका लागि भएको सम्झौता मंगलबारैदेखि लागू हुनेछ ।

अस्पताले ओपिडी सेवामा १५, ल्याब टेस्टमा २०, बेड चार्जमा २५, अल्ट्रासाउन्डमा २०, फिजियोथेरापीमा १०, इन्डोस्कीमा १५, औषधिमा १०, ईसिजीमा २५, इकोमा २०, कोलोनोस्कोपीमा २० र डेन्टलमा १० प्रतिशत छुट दिने सहमति गरेको छ ।

उक्त सेवा प्राप्त गर्न सम्बन्धितले खेलाडी तथा प्रशिक्षक संघको सिफारिस लानु पर्नेछ । त्यस्तै निदानमा उपलब्ध नहुने सुविधाका लागि भारतमा उपचार गर्न जानु पर्ने भएमा ५ देखि १० प्रतिशतसम्मको छुटको व्यवस्था गर्ने समझदारी समेत भएको छ ।