🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्रीकै मन्त्रालयमा यस्तो बेहाल : गृहका नौ सहसचिव किन बरण्डामा ?

काठमाडौं । गृह मन्त्रालयमा नौ जना सहसचिवहरूले कुर्सी नपाएर बरण्डामा थन्किएका छन । उनीहरू दैनिक सचिवको कोठामा हाजिर गर्दै बरण्डामा बसेर दिन काटिरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेको सांसद पद गुमेपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट हटेका थिए । त्यसपछि गृह मन्त्रीको समेत जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन ।

प्रधानमन्त्री प्रचण्ड स्वयले समहालेको मन्त्रालयमा नौ जना सहसचिवले जिम्मेवारी नपाएर अपमानित हुन परेको छैन कि हिनताबोधसमेत गर्दै आएको बताइएको छ । गृह मन्त्रालयमा यतिखेर कुर्सी नपाउनेहरूमा कर्णाली प्रदेशबाट सरूवा भएका सहसचिव प्रेमप्रसाद आचार्य, चितवनको सिडिओबाट सरूवा भएका आशमान तामाङ रहेका छन ।

यस्तै, सामान्य प्रशासन मन्त्रालयबाट सरूवा भएका रूद्रसिंह तामाङ, पर्सा  जिल्लाको सिडिओबाट सरूवा भएका उमेश ढकालले पनि महाशाखाको जिम्मेवारी पाउन सकेका छैनन् । सर्लाही सिडिओबाट सरूवा भएका थानेश्वर गौतम, कपिलवस्तु सिडिओबाट सरूवा भएका रामकुमार महतोले पनि कुनै जिम्मेवारी नपाएर कुर्सीबिहीन हुनुपरेको अवस्था छ । वेदप्रसाद खरेललगायत अरु दुई सहसचिवहरूले महिनौदेखि जिम्मेवारी पाएका छैनन् । कामविहीन अवस्थामा पनि उनीहरूले राज्यको तलवभत्ता खाइरहेका छन ।

तर, सहसचिव प्रमुख जिल्ला अधिकारी रहने एक दर्जन भन्दा बढी जिल्लाहरूमा चाकडीबाज उपसचिवहरूले कामु सिडिओको जिम्मेवारी पाइरहेका छन । अहिले सहसचिवस्तरका सिडिओ रहने जिल्लाहरू मध्ये धनकुटामा लिला कुमारी पाण्डे, ओखलढुंगामा प्रदशर्नी कुमारी, दोलखामा शेखर पौडेल, लमजुङमा वसन्त पुरी, सल्यानमा कृष्णचन्द्र पौडेल, प्युठानमा वेदप्रसाद अर्याल, पर्वतमा मित्र बराल र गुल्मी र अर्घाखाँची जिल्लामा पनि उपसचिवले नै कामु सिडिओको जिम्मेवारी सम्हाल्दै आएका छन ।

यी जिल्लाहरूमा मन्त्रालयमा जिम्मेवारी नपाएर बसिरहेका सहसचिवहरूलाई पठाउने हो भने मन्त्रालयको बरण्डामा फालिएका सहसचिवहरूले न्याय पाउने कर्मचारीहरु बताउछन् । यो गर्न प्रधानमन्त्री प्रचण्ड र सचिव विनोद प्रकाश सिंह तयार देखिएका छैनन् । प्रचण्डको सचिवालयले सहसचिव सरूवामा हस्तक्षेप गर्दा दर्जनौं सहसचिवको व्यवस्थापन हुन नसकेको मन्त्रालय स्रोतले बताएको छ ।

 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्कर, प्रशासन महाशाखाका प्रमुख सहसचिव कमल भट्टराईले जथाभावी सरूवाको सहमति दिंदा अहिले निजामती प्रशासनमा ठुलो बेथिति र भद्रगोल देखिएको छ । सरूवा भएको एक–दुई महिना नपुग्दै सहसचिवहरूको पुनः सरूवा हुने रोगले नेपालको निजामती प्रशासन तहसनहस त भएकै छ, आतंकित पनि बनेको छ । पीडित सहसचिवहरू भन्छन् ‘नेपालको निजामती प्रशासनको इतिहासमै यस्तो बेथिति, भद्रगोल, भ्रष्टाचार, घुसखोरीतन्त्र, सरूवा आतंक कहिल्यै थिएन ।’