🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनआईसी एसिया बैंकको कार्डसम्बन्धी सेवा दुईदिन बन्द

काठमाडौं । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको छ । 

बैंकले सूचना प्रकाशित गर्दै यस बैंकको कार्ड सेवा डेबिट–क्रेडिट र प्रिपेडको स्विच अपग्रेशन माइग्रेशन गर्नुपर्ने भएकोले शुक्रबार राति १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम–पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने जनाएको छ ।

बैंकका अनुसार कार्डसम्बन्धी सेवा अवरुद्ध हुने समयमा मोबाइल बैंकिङ तथा अन्य माध्यमबाट प्रवाह हुने सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने छ । 

साथै उक्त सेवाअवरुद्ध समयमा आइपर्ने अत्यावश्यक कारोबारहरुका लागि बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले अनुरोध समेत गरेको छ ।

बैंकले आफूले गर्न लागेको यस प्रकारको अपग्रेडका कारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ ।