🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रज्ञा–प्रतिष्ठानहरू सरकारको आशे होइन आत्मनिर्भर बनौ 

काठमाडौं । वि.सं. २०७५ असार ६ गते प्रज्ञा भवन कमलादीमा ‘वर्तमान परिप्रेक्ष्यमा प्रज्ञा–प्रतिष्ठानहरूको पुनर्संरचना’ विषयक विचार गोष्ठीको आयोजना गरियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनद्वारा आयोजित उक्त गोष्ठीमा बोल्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बद्लिँदो परिस्थितिमा सबै कुराहरूको एकीकरण अनिवार्य रहेको भन्दै प्रज्ञा–सम्बन्धित विधाहरूको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठान एउटै हुनु पर्नेमा जोड दिएका छन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्बद्र्धन एवम् उन्नयनका लागि सरकारले आफ्नो बुँताअनुसार आर्थिक सहयोग गरिरहेको भन्दै प्रज्ञा–प्रतिष्ठानहरूले सरकारको आशे नभई आत्मनिर्भर हुने उपाय खोज्नु पर्ने मत ब्यक्त गरेका थिए ।

उक्त गोष्ठीमा प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान सन्दर्भमा प्रज्ञा–प्रतिष्ठानहरूको नयाँ ढङ्गले पुनर्संरचना गरिनु पर्ने देखिएको भन्दै विभिन्न विकल्पसमेत प्रस्तुत गरेका थिए । 

प्रस्तुत कार्यपत्रमाथि चित्रलाकार केके कर्माचार्य, श्याम तमोट र चर्तुभुजलाल दास केवरतले टिप्पणी गरेका थिए ।

सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारीको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा संस्कृतिकर्मी तथा नेकपा केन्द्रीय सदस्य खगेन्द्र राई, पेशागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेललगायतले पनि बोलेका थिए ।