🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्घाखाँची प्रिमियर लिग : तेश्रो र चौथो चरणका खेल सम्पन्न

अर्घाखाँची, २४ फागुन । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारि चौथो संस्करणको अर्घाखाँची प्रिमियर लिगमा आज तेश्रो र चौथो चरणका खेलहरु सम्पन्न भएका छन् । 

प्रतियोगिताको दोस्रो अर्थात आज भएको पहिलो खेलमा रोयल सन्धिखर्कलाई पराजित गर्दै रायल खाँचिकोट विजयी भएको छ । टस हारेर पहिले व्याटिको निम्तो पाएको खाँचिकोटले १९ दशमलव १ ओभरमा सवै विकेट गुमाएर ८६ रन बनाएको थियो । ८७ रनको विजयी लक्ष्य पक्ष्याएको सन्धिखर्कले १७ औं ओभरमा सवै विकेट गुमाएर ६० रनमात्र बनाउन सक्यो । 

यस्तै प्रतियोगिताको तेस्रो अर्थात आजको दोस्रो खेलमा पुष्प वारियर्सलाई पराजित गर्दै इलाभेन व्रदर्श डिभर्ना विजयी भएको छ । १०० रनको विजयी लक्ष्य पछ्याएको पुष्प वारियर्स ७० रनमा अलआउट भएको हो । 

\"\"

जिल्ला क्रिकेट संघ अर्घाखाँचीको आयोजनामा जारी प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले उद्घाटन गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार र द्वीतिय हुनेले ५१ हजार पुरस्कार प्राप्त गर्नेछन् ।