🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालिका बलात्कार मुद्दामा वृद्धलाई १२ वर्ष कैद सजाय

गलकोट, २४ फागुन (रासस) : बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने  ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै रु ३० हजार क्षतिपूर्ति प्रदान गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका इजलास अधिकृत गङ्गाधर सापकोटाले बताउनुभयो ।

बागलुङको निसीखोलाका वृद्धले २०७८ चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो । 

प्रहरीले आरोपितविरुद्ध २०७९ असार २३ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । आरोपितलाई अदालतको २०७९ असार २३ गतेको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार बागलुङमा थुनामा पठाइएको थियो । 
–––