काठमाडौं, ७ असार : रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाले साँझ ५ः४५ बजे खेल्दैछन् । पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग २–१ ले पराजित भएको थियो भने डेनमार्कले पेरुलाई १–० ले हराएको थियो।
दोस्रो खेलमा राति ८ः४५ बजे समूह सी कै फ्रान्स र पेरु खेल्दैछन् । त्यस्तै समूह डी को खेलमा राति ११ः४५ मा अर्जेन्टिना र क्रोएसिया भिड्दै छन् ।
पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने क्रोएसियाले नाइजेरियालाई २–० ले हराएको थियो । सन् २०१४ को उपविजेता अर्जेन्टिना दबाबमा रहेको छ ।



