संसारमा अनेक अकल्पनीय घटनाहरू घट्ने गरेका छन् । त्यस्तै अकल्पनीय घटना मध्येको एउटा खबर छ, खबर अनुसार, एकजना युवकले आफ्नै खुट्टा पकाएर आफ्ना साथीहरूलाई खान दिएका छन् । अमेरिकाका यी युवक पहाडमा बाइकमा हिंडदा दुर्घटनामा परेका थिए । जसका कारण अपरेशन गरेर उनको खुट्टा काट्नु परेको थियो ।
जब उनी ठीक भए तब उनले चिकित्सकहरूसँग आफ्नो काटेको खुट्टा मागे र त्यसलाई लगेर आफ्नो फ्रिजमा राखे । घर फर्केको करीब तीन हप्तापछि उनले आफ्ना साथीहरूलाई पार्टीका लागि आमन्त्रित गरे । तब उनलाई याद आयो कि उनको खुट्टा अझै फ्रिजमा छ । उनले आफ्ना साथीहरूलाई मानिसको मासुको स्वाद लिने हो भनेर सोद्धा कसैले आपत्ति जनाएनन् र उनले त्यो खुट्टाको डिस बनाएर खुवाए ।
त्यस पार्टीमा ११ जना व्यक्ति सामेल भएको खबर छ । उनले त्यो खुट्टाको मासु तारेर बनाएका थिए । यी व्यक्तिले यो कुरा आफैंले खुलासा गरेका हुन् किनकि यसमा अमेरिकामा कुनै रोकतोक या संघीय कानून छैन ।



