🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान, २ असार (रासस) : राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताए । 

सिरहाको चोहर्वामा असार २ गते बिहान आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने स्पष्ट गरे  । 

कार्यक्रममा राजपाका नेता तथा प्रदेश नं २ का प्रदेश सांसद मनिषकुमार सुमनले सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको आरोप लगाए  । सो अवसरमा विभिन्न दलका नेता र कार्यकर्ता राजपमा प्रवेश गरेका थिए । 
–––