🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष  ओलीकाे पक्षमा वामदेव खुलेपछि….!!

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्षमा केपी ओलीलाई यथावत् राखेर प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिन प्रस्ताव गरेका छन् । उपाध्यक्ष वामदेव गौतमकाे ६ बुँदे प्रस्तावले प्रधानमन्त्री र पार्टी अध्यक्षमा केपी ओलीकाे पल्लाभारी हुन पुगेकाे छ । 


 नेकपा विवाद समाधानका लागि आफ्ना ६ बुँदा प्रस्ताव पेस गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् । उपाध्यक्ष गाैतमकाे बुँदेले नेकपाकाे सचिवालयमा समेत प्रधानमन्त्री र पार्टी अध्यक्षमा केपी ओलीकाे पक्ष स्पष्ट बहुमत रहने भएकाे छ ।

गौतमले पेस गरेको पहिलो बुँदामा एकता महाधिवेशनसम्म ओली अध्यक्ष र प्रतिनिधिसभाको कार्यकालभर प्रधानमन्त्रीमा रहने उल्लेख छ । दोस्रो बुँदामा भने प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण अधिकारसहित अध्यक्षको जिम्मेवारी दिन भनिएको छ । दोस्रो बुँदाले एकीकृत  पार्टीमा सन्तुलन कायम हुने अपेक्षा गरिएकाे छ । 

नेकपाकाे अर्ली महाधिवेशनको चर्चा चलिरहेका बेला उनले त्यसलाई सहमतिबाट आयोजना गर्न सुझाएका छन् । प्रधानमन्त्रीले एक्लौटी ढंगले पार्टी र सरकार सञ्चालन गरेको विषयलाई समाधान गर्न पनि उनले केही उपाय सुझाएका छन् ।

त्यसका लागि उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुपूर्व पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गर्दा पनि छलफल गर्नुपर्ने वामदेवको मत छ । 

त्यस्तै पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन गर्न तथा संवैधानिक नियुक्ति गर्न पनि वामदेले सुझाएका छन् । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व पर्याप्त छलफल नभएको गुनासो सम्बोधन गर्न त्यसबारे पार्टीमा छलफल गर्न आग्रह गरेका छन् । 

पार्टीका बैठक पार्टी कार्यालयमा आयोजना गर्ने प्रस्ताव उनले छैटौं बुँदामा गरेका छन् ।